कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिए

काठमाडौं । सानो पर्दाबाट चम्किएका हास्यकलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । तामाङले शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।

कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् । अनु स्नातक तहमा अध्ययनरत् छिन् ।

तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो ।