लागू औषधसहित दुई पक्राउ

काठमाडौँ । धनुषाबाट प्रतिबन्धित लागू औषध सहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनुषाधाम नगरपालिका ५ का १८ वर्षीय सन्तोष यादव र २१ वर्षीय महबुद खान रहेका छन् ।

विदेह नगरपालिका १ सीमा स्थित नाकामा लागू औषध ओसार–पोसारमा संलग्न हरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। सीमा सुरक्षा बल महिनाथपुरबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा भारतबाट नेपाल नेपाल ल्याउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा लागू औषध बरामद भएको हो।

प्रदेश २–०२–००३ प ८३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा नाइट्रोजन, निट्राभेट, निट्रोसोन्ट, स्पास्मो प्रोभ्याक्सिन, एक्सिपिलोन सहितका लागू औषधिसहित दुई युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गणेश दत्त पाण्डले बताए ।

पछिल्लो समय सीमा सुरक्षामा कडाई गरिएपछि अवैद्य तस्करी तथा लागु औषधको कारोबारमा कमी आएको विदेह नगरपालिकाका मेयर बेचन दासले जानकारी दिए।