चाडपर्वको अवसरमा एन आई सी बैंकद्धारा आकर्षक दक्षिणा

काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको हो ।

बैंकले २०७९ आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ ।

बैंकका प्रमुख सूचना अधिकार सुधिर नाथ पाण्डेका अनुसार यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३ सय प्रदान गर्ने व्यवस्था गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वा र भरोसाले गर्दा यस बैंक मुलुकभर रहेका ३ सय ५९ शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय २ वटा विस्तारित काउन्टर ८१ वटा शाखामार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।