लक्की ग्रुप को चाडपर्व धमाका, उपहार पक्का

काठमाडौं । इलेक्ट्रिक सामग्री विक्री गर्दै आईरहेको लक्की ग्रुप अन्तर्गत गायत्री एण्ड सन्स प्रालिले चाड पर्व जोगाऔ, खुशीयाली मनाऔं ग्राहक योजना ल्याएको छ । चाडपर्वमा पक्का उपहार सहित योजना सार्वजनिक गरेको सो कम्पनीले लाईफर, पोलार, हिन्डवेर र चुन्लान ब्राण्डका सामग्री विक्री वितरण गर्दै आईरहेको छ ।

कम्पनीले लाईफर बासिङ्ग मेसिन र चेस्ट फ्रिजरको खरिदमा डिलक्स राईसकुकर तथा लाईफर टेलिभिजन, चिम्नी, रेफ्रिजेरेटर र माइक्रो ओभनको खरिदमा इलेक्ट्रिक केत्ली उपहार सहितको योजना ल्याएको हो ।

कम्पनीका प्रमुख बजार व्यवस्थापक सोहिल श्रेष्ठका अनुसार सामान खरिद गर्दा पक्का उपहारले ग्राहकहरुको मन जित्नेमा विश्वार व्यक्त गरेका छन् । आफूले विक्री गर्दै आईरहेको इलेक्ट्रिक सामान खरिद गर्दा तत्कालै उपहार पाउने श्रेष्ठले जानकारी दिएका छन् ।