अवैध लागूऔषध सहित एक पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुल सहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका ४ बस्ने २६ वर्षीय हिमाल माझी रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसका सहचालक हिमालले बसको डिक्कीमा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।