भरूवा बन्दुक सहित पक्राउ

काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १ राजिमेबाट एकनाले भरूवा बन्दुक १ थान सहित जितेन्द्र भुसाल लगायत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लु.६४ प ८९०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दाकावाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।