अर्काको नाममा ट्रायल परीक्षा दिने पक्राउ

काठमाडौं । दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ६ घर भएका २६ वर्षीय सबिन अधिकारी रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका ५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा ती व्यक्तिको नाममा ट्रायल परीक्षा दिन लागेका उनलाई उक्त स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको हो । उ