काठमाडौंका सवै क्षेत्रमा एमालेले उम्मेदवार तोक्यो, पूर्व प्रहरी प्रमुख खनाल क्षेत्र नं ६ मा

काठमाडौं । नेकपा एमालले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरुको नाम अन्तिम टुङ्गो लगाएको छ । क्षेत्र नं. ७मा गठवन्धनको तयारी गरिरहेको जसपालाई छाडेको छ भने क्षेत्र नं. १,२ र ६ मा भने नयाँ अनुहार ल्याएको छ ।

नयाँ अनुहार ल्याउने क्रममा एमालेलाई पदमा रहँदा निकै नै सहयोग गरेको पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई टिकट उपलब्ध गराएको छ । अन्य क्षेत्रमा भने पुरानै अनुहार दोहोरिएका छन् । त्यस्तै क्षेत्र नं १० मा भने माओवादीबाट एमालेमा नै रहेका रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ ।

क्षेत्र नं १ मा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल
क्षेत्र नं २ मा मणिराम फुयाल
क्षेत्र नं ३ मा निवर्तमान सांसद कृष्ण राई
क्षेत्र नं. ४ मा राजन भट्टराई
क्षेत्र न. ५ मा ईश्वर पोख्रेल
क्षेत्र नं ६ मा सर्वेन्द्रनाथ खनाल
क्षेत्र न. ७ मा जसपा सँग तालमेल
क्षेत्र नं ८ मा अष्टलक्ष्मी शाक्य
क्षेत्र नं ९ मा कृष्णगोपाल श्रेष्ठ
क्षेत्र नं १० मा रामबहादुर थापा बादल
काग्रेसले भोली अन्तिम नामावाली प्रकाशन गर्ने छ ।