देउवा प्रत्यक्षमा डडेल्धुराबाट छैन भर,पत्नी आरजुलाई समानुपातिकमा केही छैन डर

काठमाडौं । शीर्षस्थ नेताहरुको दुवै हातमा लड्डु भने झै देशको ढुकुटीमा खेल्न बानी परेपछि त्यसले आफ्नो बाहेक अरु कोही पनि देख्दैन भन्ने कुरा नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्टि गरिदिएका छन् ।

आसन्न मंसिर ४ गतेको आम निर्वाचनमा शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुराबाट प्रत्यक्ष निर्वाचन लड्ने निर्णय शुक्रबार राती अवेर नै भएपनि एक दर्जन उम्मेदवार बाहेक अरुको नाम अन्तिम टुङ्गो लाग्न सकेको छैन । जीवन भर पदमा बसिरहन रुचाउने शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवालाई भने यो पटक समानुपातिक सिट पक्का गरिदिएका छन् ।

गत निर्वाचनमा कैलालीबाट लज्जास्पद हार व्यहोर्नु परेपछि आरजुलाई समाानुपातिक तर्फ राखिएको हो ।
नेपाली राजनीतिमा शेरबहादुरले निकै कष्टकर यात्रा गरेपनि आरजुले भने नेपाली कांग्रेसका लागि कुनै पनि योगदान गरेकी छैनन । महिला अधिकारका नाममा विदेशी दातृनिकायहरुको डलर खेतीमा रमाउँदै आएकी आरजु राजनीतिमा कुनै योगदान नगरेपनि देउवा पत्नी भएकै कारण समानुपातिक तर्फबाट सांसदको पद पक्का गरिएको छ ।

समानुपातिक तर्फबाट खस आर्य महिला तर्फबाट शीर्ष स्थानमा राखिएकाले आरजुको सांसद पद करीव करीव पक्का जस्तै भएको छ ।

डडेल्धुराबाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी भईरहँदा देउवाले यो पटक पराजय भोग्नु पर्ने अवस्था छ । डडेल्धुरामा देउवाका विगतका अति नै निकट रहेको कर्ण मल्ल देउवालाई कुनै पनि हालतमा पराजय गराउने अभियानमा जुटेका छन् भने अर्को तर्फ स्वतन्त्र उम्मेदवार इन्जिनियर सागर ढकाल पनि देउवालाई टक्कर दिने अवस्थामा पुगिसकेका छन् ।

पछिल्लो समय नेपाली राजनीतिमा युवा पुस्ता र स्वतन्त्रको लहर अनि जेष्ठ (बुढा) नेताहरु हराउ अभियान जारी भएकाले पनि शेरबहादुर देउवालाई निर्वाचन जित्नका लागि हम्मे हम्मे नै पर्दछ ।

आफूले सत्ताको दुरुपयोग गरेर निर्वाचित भएभने फरक कुरा हो अन्यथा देउवा यो पटक पराजय हुने निश्चित भएकै कारण पत्नी आरजुलाई भने परिपक्को सासद बनाउने गरी समानुपातिकमा पु¥याएका छन् ।