समाजसेवी श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी मैयादेवी श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका छन् । कांग्रेस नेता एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनाल लगायतले श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । । श्रेष्ठको ९५ वर्षका उमेरमा आज बिहान निधन भएको हो ।

शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन, मन र धनले लागिपर्ने श्रेष्ठ सबैका लागि श्रेय र प्रिय थिइन् । राजनीतिमा निष्ठा, समाजसेवामा निस्वार्थ भाव र धर्ममा समभाव राख्नुहुने उनी नेपाली समाजका लागि साहस, त्याग र समर्पणको पर्यायका रूपमा उभिएकी थिइन् ।

श्रेष्ठ आदर्श, त्याग र समर्पणको प्रतिमूर्तिका रूपमा चिनिन थिइन् । श्रेष्ठको आज ९८ वर्षको उमेरमा चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ । विसं १९८५ फूलपातीका दिन तनहुँको बन्दीपुरमा बुबा वीरबहादुर श्रेष्ठ र मुमा गणेशकुमारी श्रेष्ठको कोखबाट उनको जन्म भएको हो ।

किशोरावस्थादेखि नै राणाशासनको क्रुर पञ्जाबाट देशलाई मुक्त गर्न राजनीतिमा प्रवेश गरेकी उनी नेपाली इतिहासको जीवन्त पात्र हुन् । विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गरी मुलुकमा प्रजातान्त्रिक हक र हितका निम्ति अनवरत रूपमा उनले क्रान्ति गरे । विसं २००७ माघ १ गतेका दिन सशस्त्र क्रान्ति गर्ने निर्णयअनुसार भएको कार्यक्रममा उहाँको भूमिका महत्त्वपूर्ण रह्यो । सो क्रान्तिमा छ जना उहाँका साथीले वीरगति प्राप्त गरेकी थिइन् ।

। उनको निधन हुनुअघि संवादमा बताएअनुसार विसं २०१४ मा भद्र अवज्ञा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा बन्दीपुरमा उनी गिरफ्तार भइन् । विसं २०१५ को निर्वाचनमा पार्टीलाई विजयी गराउन उहाँको भूमिका महत्वपूर्ण रह्यो ।

पछिल्लो समय उहाँको नाउँमा मैयाँदेवी ट्रस्ट खोलिएको छ । नारायणगढको आफ्नो घरजग्गालाई उहाँले ट्रस्टको लागि प्रयोग गरेएको छ । देवघाटमा रहेको ट्रस्टका लागि जग्गा र भवनको व्यवस्था गरेको छ । जीवनभर अविवाहित रहेकी श्रेष्ठले समाजसेवालाई सर्वोपरी ठानी गरेको योगदानको कदरस्वरूप विभिन्न सङ्घ संस्थाले सम्मान गरेका छन् । उनलाई तत्कालीन श्री ५ वीरेन्द्र वीरविक्रम शाहबाट समाजसेवा पदक, सनातन धर्म सेवा समितिमार्फत् राष्ट्रिय सम्मान, जेपी प्रतिष्ठानबाट अभिनन्दन, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिबाट कदरपत्र, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट सम्मान, तत्कालीन श्री ५ अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहबाट ग्रिनअनर सम्मान प्राप्त गरेको छ ।

श्रेष्ठ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट चन्द्राकान्ता राष्ट्रिय महिला शिक्षा सेवा पुरस्कार, नेतृत्व र सुशासनबाट छैठौं विश्व सम्मेलनको अवसरमा जापानको टोकियोमा एम्बेस्डर फर पिसबाट सम्मानित भएको छ । आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारको राशि पनि उनले समाजसेवामा नै खर्च गरेको छ ।

औपचारिक शिक्षा प्रवीणता प्रमाणपत्र तहसम्म गर्नुभएकी उहाँ २०४८ सालमा प्रतिनिधिसभा सदस्य, २०५८ सालमा राष्ट्रियसभा सदस्य र २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् सदस्य समेत भएको थिइन् । नेपाली, नेवारी, हिन्दी र अङग्रेजी भाषामा दख्खल राख्हुने उनले इजरायल, भारत, बङ्गलादेश, चीन, थाइल्याण्ड, हङ्कङ्, कोरिया, अमेरिका, क्यानडा, बर्मा, इटली, पाकिस्तान, जापान, स्विट्जरल्याण्ड, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, बेलायत र कतारजस्ता देशको भ्रमण गरेकी छन् ।