लिङ्देनलाई भोट हाल्न एमाले अध्यक्ष ओलीको कार्यकर्तालाई उर्दी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कुनै पनि हातलमा जिताउने गरी सहयोग गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । ओलीलेआगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी(जसपा)सँग संयुक्त सरकार गठन गर्ने बताउँदै त्यसका लागि लिङ्देनलाई जिताउनु पर्ने भएकाले कार्यकर्ताहरुलाई सो अनुरुप निर्देशन दिएका हुन् ।

उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए । ओलीले नेकपा (एमाले) एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको बताउँदै सबै कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्ल आग्रह गरे ।