डेंगु नियन्त्रण अभियान चलाउन थालेपछि गगन थापालाई आयोगको स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई स्पष्टिकरण सोधेको छ । निर्वाचन आचार संहिता विपरित उम्मेदवार गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा मतदाता लक्षित गरी डेंगु रोग नियन्त्रण अभियान थाल्ने अभिव्यक्ति दिएका थिए ।

त्यसरी कुनै पनि अभियान निर्वाचन आयोगको स्वीकृत विना गर्न नपाउने भएपनि आयोगले ध्यानाकर्षण गराउँदा गराउँदै थापाले डेंगु विरुद्धको अभियान चलाएका थिए ।

सो अभियान रोक लगाउन आयोगले थापालाई पहिलो पटक सचेत गराएको भएपनि उनले पुन कार्तिक ८ गते डेंगु विरुद्धको अभियान चलाएका कारण आयोगले पुन स्पष्टिकरण सोधेको आयोगले जनाएको छ ।