जनताको सेवक बन्छु : ऊर्जा मन्त्री

काठमाडौं । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ललितपुरवासी जनताको सेवक भएर काम गर्ने अठोरका साथ आफू फेरि जनताको घरदैलोमा आएको बताइन् ।

ऊर्जा ,जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेकी भुसाल घरदैलो कार्यक्रममा ललितपुरवासीको गुणस्तरीय जीवनयापन गर्ने अधिकारलाई व्यवहारत कार्यान्वयन गर्न आफू लागि परेको बताइन । आइतबार उनले ललितपुर महानगरपालिका वडा नं २६ को चिबहाल, ढोलाहिटी, जैन खेल र सुनाकोठी तथा वडा नं २७ को चौतारा, ओखाट र बालकुमारीका मतदातासँग अन्तरक्रिया गरेकी छन् ।

घरदैलो अभियानका क्रममा उनले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गररेको छिन् । २०७४ सालको निर्वाचनमा विजयी भएयता आफूले जनतासँग अन्तरक्रिया गर्दै जनअपेक्षा पूरा गर्न लागि पर्दै आएको बताइ ।