चुनावी सभामा जाँदा खतिवडामाथि कुटपिट

काठमाडौँ । पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो ।

एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए ।

खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइदै गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।