सुनको मूल्य बढ्यो, कति छ त बजार मूल्य ?

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सयले बढेको छ । अधिल्लो दिन प्रतितोलामा ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसको मूल्य मंङगलबार तोलामा ९३ हजार ५ सयमा थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा तोलामा ३० ले बढेर १ हजार २ सय ९५ पुगेको महासङ्घले जानकारी दिएको छ ।