सरकारी निवासमा दारु पार्टी

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकामा वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा मदिरा सेवन गरी तोडफोड गरेका छन् । शनिवार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन (दारु पार्टी) गरेका थिए ।

मदिरा सेवान गरी एक आपसमा विवाद हुँदा उनीहरूबिच हात हालाहाल भई तोडफोड समेत गरेका छ । मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबिच विवाद हुँदा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटाएका छन् ।

स्थानीय प्रहरीका अनुसार घटनाबारे आधिकारिक रूपमा जानकारी प्राप्त नभएको बताए । उक्त नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको बताए ।

वादविवादकै क्रममा प्रशासकीय अधिकृतको निवासमा रहेको टेबुलमा वडाध्यक्षले ओझाले लात्ती हानेर फुटाएको पनि कुनै पक्षले घटनाबारे औपचारिक रूपमा जानकारी नदिएको प्रहरी अधिकारीले बताएको छ ।