लैङ्गिक हिंसाविरुद्ध नाटक प्रदर्शन

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्‍यालीको आयोजना गरिएको छ ।

महिलामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको महासङ्घले जानकारी दिएको छ । आइतबार माइतीघर मण्डलामा सो कार्यक्रमको आयोजना गरिएको हो ।

सो कार्यक्रम कलाकारहरूले नाटक प्रदर्शन गरेका थिए । लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम अन्तर्गत सचेतनामूलक पर्फमेन्स आर्ट आयोजना गरिएको छ । । आभा फर क्रियटिभिटि समूहले ‘निर्दोष पंछि’ नामक नाटक प्रदर्शन गरेको हो ।