उम्रा गर्न जाने मुस्लिम सुमदायका अगुवालाई बिदाइ

काठमाडौं । इस्लाम धर्मावलम्बीको प्रमुख स्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिम सुमदायका अगुवालाई आज बाट बिदाइ गरेका छन् ।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमलाई नेपालगञ्ज विमानस्थलबाट बिदाइ गरेको जानकारी दिएका छन् । उम्रा गर्न जान लागेका यात्रीलाई बिदाइ गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागिसमेत प्रार्थना गर्न आग्रह गरेका छन् ।

शाहाले भने उम्राको निश्चित समय हुँदैन जतिबेला पनि गर्न सकिन्छ । प्रमुख धार्मिकस्थल मक्का, मदिनाको दर्शन गरी प्राथना गर्ने प्रक्रियालाई उम्रा भन्ने गरेको बताएका छन् ।

अध्यक्ष शाहले हजका लागि खास समय भए पनि यो जुनसुकै महिनामा पनि गर्न सकिने जानकारी दिएका छन् । आजमात्रै त्यसका लागि १२ जना मुश्लिम अगुवालाई बिदाइ गरेको बताए । नेपालगञ्जबाट मात्रै उम्राका लागि ६० जना मक्का मदिना गएका छन् ।

यसैगरी उम्रा गरेपछि मनोकामना पूरा हुने, मृत्युपछि बैकुण्ठ जन्नतमा बास हुने विश्वास गरिन्छ साथै त्यस्तै हज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामनासमेत गर्ने र त्यो प्राप्त हुने विश्वास रहेको छ ।

उनीहरु साउदीको मक्का र मदिनामा करिब २० दिन उम्रा गर्छन ।