पूर्वप्रधानमन्त्री खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

काठमाडौँ । इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् । बस्नेत नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका हुन् ।

बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् । इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् । खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् ।

खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो । निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताएका छन् ।