उदयपुर–१ मतगणना पुनः सुरु

काठमाडौं । उदयपुर १ को मतगणना पुन सुरु भएको छ । सो क्षेत्रको मतगणना ३ दिन देखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुन गणना सुरु भएको बताएको छ ।

शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङकानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद आएको थियो ।

नेकपा एमाले सहितका केही स्वतन्त्रका उम्मेदवारले पुन मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको जानकारी दिएका थिए ।