झैँझगडासँगै हँसिया प्रहारबाट मृत्यु

काठमाडौं । गए राति कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिएका छन् ।

हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरेका छन्। उनको अवस्था पनि गम्भीर रहेको बताएका छन् ।

यसैगरी सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा साला पर्ने २ जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताए। उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरेका छन् साथै घटना के–कति कारणले किन भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरेको जानकारी दिएका छन् ।