सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज सुनको मूल्य ४ सयले बढेको छ । बुधबार कारोबार भएको तुलनामा तोला ४ सयले बढेको हो । अघिल्लो दिन तोला ९९ हजार ३ सयमा कारोबार भएको थियो । आज प्रतितोला ९९ हजार ७ सयमा तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ८ सय थियो ।

आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १० ले बढेर १ हजार ३ सय ६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।