विश्वकप समाचार संकलनकै क्रममा पत्रकार ग्रान्टको मृत्यु

काठमाडौं । विश्वकप फुटबलको समाचार संकलन गर्ने क्रमममा अमेरिकी पत्रकार ग्रान्ट वाल्हको मृत्यु भएको छ ।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल चलिरहेका बेला ग्रान्टको मृत्यु भएको थियो । ग्रान्ड चर्चित खेल पत्रकार हुन् । उनले फिफा विश्वकप फुटबलको लगातार रिर्पोटिङ गरेको यो आठौं पटक हो । उनले सन् १९९४ को विश्वकप देखि लगातार विश्वकपको समाचार संकलन गर्दै आएका थिए ।

ग्रान्डलाई शुक्रबार समाचार संकलनकै क्रममा हृदयघात भएको बताएका छन् । युएस सकरले शनिबार बिहान एक वक्तब्य जारी गर्दै ग्रान्टको मृत्यु भएको उल्लेख गरेका छन् र फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दु:ख लागेको पनि जानकारी दिएका छन्।

ग्रान्ट रंगशालाको प्रेस बक्समा बसेर फुटबल हेरिरहेकै अवस्थामा एक्कासी ढलेका थिए । त्यसपछि सञ्चारकर्मीहरुले मेडिकल टोलीलाई बोलाएका थिए । रंगशालामै २० मिनेटसम्म सीपीआर गरिएपनि ग्रान्टलाई बचाउने प्रयास सफल नभएको बताए।