सेनाका पूर्व बलाधिकृत रथि महत मृत फेला

काठमाडौं । नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आएका महत आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा आज फेला परेका थिए । महत नेपाली सेनाबाट ५ वर्ष पहिले अवकाश भएका थिए ।

महतको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जानकारी दिएका छन्।