विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री सहयोग

काठमाडौं । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका छन् ।

विद्यालयको शैक्षिक र खेलकुुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा शाखाले शैक्षिक सामग्री सहयोग गरेको बताएका छन् । कोरोना महामारीका कारण विद्यालयको शैक्षिक क्षेत्रमा परेको असरलाई कम गर्न गाउँपालिकाका १७ मध्ये १६ वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढाले बताए ।

लिमीको तिल गाउँको हिमशिखर प्राविमा विद्यार्थी सङ्ख्या नभएकाले विद्यालय बन्द भएको हुँदा सो विद्यालयलाई भने सामग्री वितरण गरेको छैन्। वितरण गरिएका सामग्री २६ किसिमका छन् । यसका लागि गाउँपालिकाले ४७ लाख खर्च गरेको छ ।

यसैगरी वितरित सामग्रीमा शैक्षिकतर्फ एउटा विद्यालयलाई ज्ञानबद्र्धक ९० थान पुस्तक, कापी, फाइल, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, फोटोकपी पेपर, साउण्ड सिस्टम छन् भने खेलकुद सामग्रीतर्फ क्यारेमबोर्ड, भलिबल, नेट, पम्प, ब्याडन्टिन रकेट रहेका छन् ।

कूल खर्च भएको बजेटमध्ये १ जना शिक्षकसमेत भर्ना गरेका थिए । सङ्घीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आएको बजेटमध्ये गाउँपालिकाले कार्यक्रम गर्नुपर्ने कार्यक्रमबाट विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीले बताएका छन् ।

सहयोग सामग्री गाउँपालिकाका अध्यक्ष प्रेम लामाले विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेको जानकारी दिएका छन् ।