सवारी दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौं। ललितपुर महानगरपालिका –१७ बिएण्डबि आकासे पुल नजिक सडकमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ ललितपुर, बिएण्डबि आकासे पुल नजिकको सडकमा बा१६ प १२२८ नम्बरको मोटरसाइकल बा२ क१३२५ नम्बरको टिपरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने ६० वर्षीय योगराज सुवेदीको मृत्यु भएको बताएका छन् ।

यसैगरी दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।