आज हुने भनीएको नायक पलशाहको मुद्दा स्थगित

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौँ पटक स्थगित भएको छ ।

बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहमाथिको सुनुवाइ आइतबार स्थगित भएपछि पुस ११ गते पेसी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिएका छन् ।

न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना अनुपस्थित नभएकाले सुनुवाइ हुन सकेको थिएन । अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो र नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारका अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको थियो ।

त्यसविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।