कागेश्वरी मनोहरालाई खेलकुदको सहर बनाइने

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी खेलकुद सहर बनाउने उद्देश्यका साथ खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति गठन गरेका छन् ।

नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार संयोजकत्वमा गठित समितिको सोमबार बसेको बैठकले खेलकुदमा प्रचुर सम्भावना भएकाले विशिष्ट योजना र तयारीकासाथ अगाडी बढ्ने निर्णय गरेको बताएका छन् ।

समाज रूपान्तरण गर्ने र नगरपालिकालाई आर्थिक रूपमा समेत बलियो बनाउन यो महत्त्वाकाङ्क्षी योजना कोशेढुङगा साबित हुने नगरप्रमुख कार्कीले बताए । समितिले चाँडै नै योजना सहितको एउटा ठूलो खेलकुद सम्मेलन गर्ने र आवश्यक पूर्वाधार निर्माणका लागी जमिनको पहिचान गर्ने काम समेत सुरु गर्ने बताएको छ ।

यसैगरी नगरपालिकाले खेलकुदको माध्यमबाट नगर चिनाउने महान् अभियानमा नगरवासी सबैको सहयोग र सहभागिताको लागि आव्हान गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।