देशको प्रधानमन्त्री बन्छु : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले आफू छिट्टै प्रधानमन्त्री बन्ने बताएका छन् ।

कास्कीमा भएको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताए । अबको सरकार गठबन्धनकै बन्ने बताउँदै आफू प्रधानमन्त्री हुने सम्भावना बढी रहेको उनले चर्चा गरेका छन् ।

यसैगरी पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा विधि, प्रक्रिया बुझ्नै समय लागेको बताउँदै अबको क्रममा सुशासन र विकास, भ्रष्टाचार नियन्त्रणका निम्ति समर्पित हुने जानकारी दिएका छन् ।

आफ्नो बाँकी जीवन मुलुकको समृद्धिका लागि खर्चिने उनले बताए । अब जनतालाई आश्वासनभन्दा काम गरेर देखाउनु पर्नेमा आफू लाग्ने बताएका छन् ।

आफू धेरै ठाउँबाट चुनाव लड्दैआएको बताउँदै उनले आवश्यक परे कास्कीमै आएर पनि जनताको सेवा गर्ने साथै अध्यक्ष प्रचण्डले मुलुकको समृद्धिका लागि गुणस्तरीय शिक्षा आवश्यकता रहेको प्रष्ट पारेका छन् ।

अध्यक्ष विष्णुबहादुर केसी, पूर्व अध्यक्ष युवराज कुँवर, महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरपति दाहाल लगायतले धारणा राखेको बताएका छन् । नयाँ दलहरूको उदय प्रमुख दललाई चुनौतीसँगै अवसर भएको उनको भनाइ रहेको छ ।