आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला १ लाख ५ सयमा किनबेच भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला १ लाख तोकिएको छ ।

चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही १ हजार ३ सय ८० मूल्य कायम रहेको महासङ्घले जानकारी दिएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ७ सय ९१.३५ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।