मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएको हो ।

गत ४ मङ्सिर मा भएको निर्वाचनमा धादिङ (१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका मुख्यमन्त्री पाण्डेले हिजो शपथग्रहण गरेका थिए ।

शपथग्रहणसँगै औपचारिक रुपमा प्रतिनिधिसभा सदस्य बनेपछि पाण्डेले आजबाट बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताए ।