अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौँ । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कस्थित एक होटलबाट अवैध लागूऔषध सहित तीनजनालाई प्रहरीले पक्राउ गरकेो छ ।

अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित दाङ घोराही उपमहानगरपालिका–३ बस्ने २७ वर्षीय सागर जिसि समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा बसेका उनीहरूले अवैध लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई अवैध लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।