नेप्से परिसूचक ५.८७ अंकले बढ्यो

काठमाडौँ । नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३.९५ अंकमा कायम भएको हो ।

आज २ सय ६१ वटा कम्पनीको १ करोड २० लाख २९ हजार ६ सय ३ कित्ता सेयर ६३ हजार ६७ पटक खरिद–बिक्री हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३ सय ७२.२१ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक २ सय ८३.४२, होटल तथा पर्यटन समूहको उपसूचक १ सय १७.०१, विकास बैंक समूहको उपसूचक सय दशमलव ३९ र जलविद्युत् समूहको उपसूचक ९५.३५ अंकले बढेको छ ।

आज बैंकिङ समूहको उपसूचक ३५.०७, वित्त समूहको उपसूचक ६७.७३, लगानी समूहको उपसूचक ३.६८, उत्पादन समूहको उपसूचक ७२ . ३७, लघुवित्त समूहको उपसूचक ५५.५६ र अन्य समूहको उपसूचक ३७.०२ अंकले बढेको छ ।

आज भएको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भने लक्ष्मी बैंक लिमिटेडको २० करोड ९४ लाख ९० हजार ५ सय ९ बराबरको १० लाख ७० हजार ५ सय ९९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।