सेन्ट्रल जोन सिनियर भलिबलमा प्रतियोगितामा नेपाल दोस्रो

काठमाडौँ । बंगलादेशमा सम्पन्न भएको सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बीच भलिबलमा प्रतियोगितामा नेपाल दोस्रो भएको छ ।

शुक्रबार बिहान भएको फाइनलमा पुरुषतर्फ नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी माल्दिभ्सका एडाम नासिम र स्मेलको जोडीसँग २–० को सोझो सेटमा पराजित भएका छन् ।

नेपाल पहिलो सेट २१–१३ र दोस्रो सेटमा २१–१९ ले पछि परेको थियो । तेस्रो स्थानमा बंगलादेश रहेको थियो । बंगलादेशले किर्गिस्तानलाई २–० को सोझो सेटमा हराएको थियो ।

बिहीबार भएको फाइनलमा महिलातर्फ नेपालको कोपिला उप्रेती र कमला पुनको जोडी श्रीलंकाकी चथुरिका र दीपिकाको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै उपविजेता बनेको थिए ।

यसैगरी पुरुषतर्फ आयोजक बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको बताएका छन्