एकीकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने

काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेकाे छ। काठमाडौंमा भएको पोलिटव्युरो बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको पार्टी प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।

‘वर्तमान गठबन्धनको सरकारका बारेमा हामीले बृहत् छलफल गर्‍यौं। सरकारमा सहभागी हुनुअघि आवश्यक विषयमा अध्ययन गर्नुपर्ने, छलफल र विचार विमर्श गर्नुपर्ने, सरकारले देश र जनताका हितका लागि के-कस्ता कार्यक्रम ल्याउन सक्छ र हाम्रो दलसँग उसको राजनीतिक सम्बन्ध के कस्तो रहनेछ यी विषयको अध्ययन अनुसन्धानपछि मात्र निर्णय गरिने  खतिवडाले बताए ।

उनले सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको बताए। ‘सरकारका बारेमा अझै धेरै कुरा बुझ्नुपर्ने भएकाले त्यसको अन्तिम निर्णय गर्नका लागि सचिवालयलाई अधिकार प्रदान गरेको छ। आवश्यक अध्ययन अनुसन्धानपछि सचिवालयले यसबारे निर्णय गर्नेछ,’ उनले भने।

त्यस्तै सरकारमा सहभागी हुने विषयमा औपचारिक प्रस्ताव अहिलेसम्म नआएको भन्दै ‘देशमा गठबन्धनको सरकार बनेको दाबी गरे । उनले भने, यो सरकारप्रति हाम्रो नकारात्मक धारणा छैन। तर औपचारिकरूपमा सरकारमा सहभागी हुने विषयमा हामीलाई कुनै प्रस्ताव आएको छैन । ।