सिन्धुपाल्चोकमा भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निमार्ण

काठमाडौँ । सिन्धुपाल्चोकमा महल जस्ता विद्यालय भवन निमार्ण भएका छन् । भूकम्प प्रतिरोधात्मक भवन निमार्ण पछि विद्यार्थीहरु सुरक्षित रुपमा अध्ययन गर्न पाएको बताएका छन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पले सिन्धुपाल्चोकका करिव ५ सय ४७ वटा विद्यालय भवन ध्वस्त बनाएको थियो र क्षति भएका विद्यालय मध्य ९० प्रतिशत ध्वस्त विद्यालय नेपाल सरकारका विभिन्न निकाय र दातृ निकायबाट पुन निमार्ण भएका छन् ।

बाह्रबिसे नगरपालिका–८ स्थित मानेश्वाँराको भद्रकाली माध्यमिक विद्यालयममा नेपाल सरकार र एसियाली विकास बैंकको ७ करोड ३४ लाख ९७ हजार २४२ रुपियाँ ६८ पैसामा २२ कोठे भूकम्प प्रतिरोधी भवन पुन निमार्ण गरेका छन् ।

उक्त भवनको प्रतिनिधि सभा–२ का नव निर्वाचित साँसद मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । प्रधानध्यपक हिरा सापकोटाले नयाँ भवनमा विद्यार्थीहरु उत्साही भएर अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

यस्तै नेपाल सरकार र एशियाली बिकास बैंककै ६ करोड ८६ लाख लागतमा चौतारा साँगचोकगढी नगरपालिका–१४ मा १६ कोठे नवनिर्मित डडुवा भवानी शंकर माध्यमिक विद्यालय भवनको पनि उद्घाटन गरेका र उक्त विद्यालयको उद्घाटन चौतारा साँगचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गरेका थिए ।

दुवै बिद्यालय भवन नेपाल सरकार शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईको विपद् उत्थानशिल विद्यालय परियोजनामार्फत निमार्ण भएका थिए। भूकम्प प्रतिरोधी सुबिधा सम्पन्न भवनमा सुरक्षित रुपमा अध्ययन अध्यापन कार्य भईरहेको प्रअ बद्रीप्रसाद नेपालले जानकारी दिएका छन् ।

नवनिर्मित डडुवा भवानी शंकर माविमा प्रयोगात्मक कक्ष, कम्प्युटर कक्ष, आकस्मिक उपचार कक्ष समेतको प्रबन्ध गरेका छन् । महल जस्ता विद्यालयको शैक्षिक गुणास्तरमा भने बृद्धि हुन नसकेको बताएका छन् ।