आगलागी हुँदा दुई पसलमा क्षति

काठमाडौँ । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा २ पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको बताएका छन् ।

आज बिहान ३ः४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४ः१५ बजे नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको बताएका थिए । यसैगरी आगलागीको विस्तृत विवरण आउन बाँकी रहेको छ ।