भालुको आक्रमणमा परी १ जनाको मृत्यु

काठमाडौँ । जिल्लाको शितगंगा नगरपालिका वडा नं-२ झिर्रा ओखारी निवासीमा ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको भालुको आक्रमणबाट बुधबार बिहान मृत्यु भएको छ ।

आरनमा भाडा बनाउन झिर्रा आउने क्रममा ओखारीको जङ्गलमा भालुको आक्रमणबाट मृत्यु भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिएका छन् ।

भालुले झम्टिएको ठाउँमा स्थानीय पुग्दा भाटको मृत्यु भइसकेको प्रहरीको भनाइ रहेको छ । दिनमा नै भालुले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएको बताएका छन् ।