सुनको मूल्य बढ्ने क्रम जारी

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ६ सयमा कारोबार भएको थियो । सुनको मूल्य आज प्रतितोला ३ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सयमा कारोकार भएको छ । अघिल्लो दिन १ लाख २ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले घटेर प्रतितोला १ हजार ४ सयमा आएको महासङ्घले जानकारी दिएको छ ।