काठमाडौँ उपत्यकाको तापक्रम बढेसँगै, जनजीवन प्रभावित

काठमाडौँ उपत्यकाको बिहीबार बिहानको तापक्रम तीन डिग्रीमा झरेको छ । चिसो अत्यधिक बढेसँगै उपत्यकाको जनजीवन प्रभावित बनेको छ । पुस पहिलो साताबाट देशभर चिसो बढ्न थालेकामा काठमाडौंमा न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियससम्म झरेको बताएका छन् ।

बिहीबार भने केही सुधार भएर न्यूनतम तापक्रम ४ डिग्रीमा उक्लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको तापक्रम मापन केन्द्रको रेकर्ड हेर्दा न्यूनतम तापक्रम ७ पुसमा ६.५, ८ पुसमा ४.८, ९ पुसमा ५.३, १० पुसमा ४.३, ११ पुसमा ५.४, १२ पुसमा ३.८, १३ पुसमा ३.१ र १४ पुसमा ४ डिग्री मापन भएको छ । उपत्यकामा न्यूनतम र अधिकतम तापक्रम दुवै घट्न थालेपछि साँझ–बिहान अत्यधिक चिसो बढ्न थालेको हो । ६ पुसमा उपत्यकाको अधिकतम तापक्रम १९.५ डिग्री रहेकामा बिहीबार १६.२ डिग्रीमा झरेको छ ।

महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौंमा आंशिक बदली हुँदा बिहान र राति न्यूनतम तापक्रममा केही सुधार आए पनि अधिकतम तापक्रम भने घट्न पुगेको बताए । अधिकतम तापक्रम दिउँसो र न्यूनतम तापक्रम बिहान मापन रहेको बताएका छन् ।