स्रोत नखुलेको नगद सहित भारतीय नागरी पक्राउ

काठमाडाैँ । बर्दियाकाे  गुलरीया नगरपालिका-८ भादाबाट स्रोत नखुलेको ९० हजार ५ सय ९० भारतीय रूपैयाँ र २ हजार ७ सय ८० नेपाली रूपैयाँ सहित भारतीय नागरी पक्राउ गरेकाे छ । 

पक्राउ पनेमा नयाँ दिल्ली थाना स्मानपुर ब्रमपुरी दिल्ली बस्ने ४५ वर्षीय जाफर अली रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले डिएल १० एस डब्लु ९१०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।