चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौंमा

काठमाडौँ । नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग नेपालका लागि कार्यभार सम्हाल्न काठमाडौं आएका छन् । उनी आइतबार काठमाडौँ आइपुगेका थिए ।

यसैगरी उनले नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् । उनी नेपालका लागि २२औँ चिनियाँ राजदूत रहेका छन् ।

नेपाल रचीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताए ।