१५ वर्षको जेल सजाय तोकिएका व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौं, असार । व्यक्ति हत्या गरी फरार एक जना प्रतिवादीलाई सल्यान प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।

जिल्लाको साविक घाझरी पिपल गाविस वडा नं ५ र हालको वनगाड कुपिन्डे नगरपालिका वडा नं ७ मैदु निवासी ४१ बर्षीय दिलबहादुर पुनलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको हो ।

पुनले २०५६ साल जेठ २२ गते बेलुका ५ बजे स्थानीय लोकबहादुर ऐरीको हत्या गरेका थिए । सर्बोच्च अदालतले हत्या अभियोगमा पुनलाई दोषी ठहर गर्दै १५ वर्ष जेल सजायको फैसला तोकेको छ ।

अदालतको फैसला लगत्तै फरार रहँदै आएका पुनलाई जिल्ला प्रहरी कार्यालय सल्यान र कर्णाली प्रदेश सुर्खेतको प्रहरी टोलीले असार २२ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

पक्राउ परेका पुनलाई जिल्ला अदालत सल्यानमा पेश गरेकोमा अदालतको आदेश अनुसार तोकिएको सजाय भुक्तानीका लागि जिल्ला कारागारमा पठाइएको प्रहरीले बताएको छ ।