नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

काठमाडौँ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेका छन् ।

गत बिहीबार गोरखाबाट हिँडेको ‘आज विहान ९ बजे काठमाडौँ आइपुगेको छन्। गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । काठमाडौँ आउने क्रममा तारकेश्वर वडा नं ३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिएका छन् ।

काठमाडौँ आइपुगेको उक्त र्‍याली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताएका छन् । र्‍यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएको बताएका छन्।

सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जानकारी दिएका छन् ।