अन्नपूर्ण केवुलकारका साहु कालु गुरुङ्गले स्थानीयलाई दिए धम्की


कास्की, साउन । ‘जो चोर उसकै ठूलो स्वर’ भन्ने उखान यतिखेर पोखरामा निर्माणधिन अन्नपूर्ण केवलकार प्रालिका साहु कालु गुरुङ्गसँग मिल्छ । अहिले जग्गा धनीहरुलाई मुआब्जा नै नदिएर केवलकारका साहु गुरुङ्गले जग्गा हडप्ने प्रपञ्च रचिरहेका छन् ।
पैसा र शक्तिको भरमा गुरुङ्ग केवलकारको प्रशारण लाईन निर्माण अघि लिनु पर्ने प्रारम्भिक वातावरणीय मूल्यांकनमा समेत पैसाको प्रयोग गरेर आफ्नो पक्षमा पार्न सफल भएका थिए । अहिले उनी केवलकार सञ्चालनका लागि बलमिच्याई गर्दै तयार पारेको केवलकार प्रशारण लाइन अर्थात रुट अझै नहटाई र स्थानियलाई मुआब्जा नै नदिई जग्गा कब्जाको रणनीतिमा लागेका छन् ।
केवलकारका सञ्चालकले उचित मुआब्जा दिन्छु भनेर स्थानीयलाई झुक्याई हालसम्म कुनै मुआब्जा दिएका छैन । स्थानीय जनताले आफ्नो जग्गाको मुआब्जा माग्दा उल्टै ‘चुपचाप बस नत्र राम्रो हुदैन’ भन्दै धम्काई रहेको पीडितहरुले बताएका छन् ।
राजनीतिक शक्ति र पैसाको आडमा स्थानीयका जग्गा नै कब्जा गर्न खोज्ने केवलकार सञ्चालकहरुले मुआब्जा वापतको पैसा स्थानीयलाई दिनु त परको कुरा उल्टै आफूलाई असुरक्षित गराएको भन्दै प्रहरीमा लगेर थुनिदिने धम्की समेत दिईरहेको छन् । तर पीडित स्थानियहरु भने आफ्नो सम्पतिको रक्षाकालागि सर्वोच्च अदालत पुगेका छन् । पीडितहरुले आफ्नो सम्पत्ति रक्षा गर्न सर्वोच्चमा मुद्दा दायर गरेपछि प्रधानन्यायाधिश चोलेन्द्र समशेरको एकल इजलासले जग्गा कब्जाको शैलीमा प्रस्तुत नहुन र कामलाई यथाअवस्थामा रोक्न केवलकार सञ्चालकलाई अन्तरिम आदेश समेत दिईसकेको छ । तर अन्नपूर्ण केवलकारका सञ्चालकहरु भने स्थानियलाई डराई धम्काई आउँदो दशैँमा उनीहरुको जग्गा माथि नै केवलकार कुदाउँने रणनीतिमा लागेका छन् ।
अन्नपूर्ण केवलकारको अहिले तयार पारिएको रुटबाट २० भन्दा बढी जग्गाधनी पिडित छन् । यि सबैले न त उचित मुआब्जा पाएका छन् न त न्याय । मुआब्जा दिन्छौँ भन्दै मिति सादै भोली, पर्सी, एक महिना पछि भनी सञ्चालकहरुले ढाट्दै आएको साढे एक वर्ष भैसक्यो । अहिले त केवलकार कुदाउने तयारी करिब अन्तिम चरणमा आईसक्दा पनि मुआब्जाको नाममा सुक्को छैन । पिडित स्थानिय मधुमाया थापा मगर भन्छिन “ सुरु सुरुमा त मुख्य लगानीकर्ता कालु गुरुड. सम्पर्कमा आए । हामी जग्गा त्यसै प्रयोग गर्दैनौँ पैसा दिन्छौ चिन्ता नलिनुस भने सबै सञ्चालकले पछि पछि त काम धमाधम भैरहयो सञ्चालकहरु हाम्रो अघि देखा पर्नु त परको कुरा सम्पर्कमै समेत आउन मानेनन् ।” अन्तिममा केही सिप नलागेपछि स्थानियहरु अदालतको ढोका ढक्कढक्याउन पुग्यौँ । अहिले अन्तरिम आदेशले केवलकार सञ्चालन हुन पाएको छैन । मधुमाया भन्छिन् “अदालतको अन्तरिम आदेश पिडितको पक्षमा भएपछि अहिले त तिमिहरुलाई एक रुपैयाँ पनि दिन्नौँ । बरु अन्त कस्लाई कति खुवाउनु पर्छ त्यो गर्छौ भन्दै पैसाले न्यायलयलाई नै किनिदिने र पिडितको मुख बन्द गरिदिने धम्की दिने गरेका छन् अन्नपूर्ण केवलकारका सञ्चालकले । बिनय तुलाचनपनि अन्नपूर्ण केवलकारको रुटबाट पिडित छन् । उनको जग्गामापनि केवलकारको रुट परेको छ । केवलकारका सञ्चालकले अन्याय गरेपछि उनको न्यायको आशा केन्द्र केवल अदालत छ । उनि भन्छन् “अन्तरिम फैसला गर्दा हामी पिडितलाई राहत दिएको सर्वोच्चले अन्तिम फैसलामा हामिले न्याय दिने छ भन्ने आशामा बसेका छौँ । पैसाले सबै क्षेत्र किन्न सक्छु भन्ने केवलकारका सञ्चालकको प्रभावमा न्यायलय पर्ने छैन भन्ने विश्वास लिएका छौँ । ” गंगा थापा र लोक बहादुर थापा मगर माथि पनि मधुमाया र विनयको भन्दा कम अन्याय भएको छैन । जग्गाको अधिंकाश भागमा केवलकारका रुटहरु कोरिएका छन् उनिहरुका । उनिहरु भन्छन् जग्गा आफ्नो भएर के गर्नु दिनदाहाडै कब्जाको शैलीमा उत्रेर आफ्नै जग्गा माथि कुनै अनुमति विना केवलकार कुदाँउने तयारी भएको छ । ठिकै छ जग्गाको मुआब्जा नै देउ भन्दा अदालत किन गएको एक पैसा दिन्न भन्दै धेरै बोले राम्रो नहुने धम्की दिन्छन् । अर्काको सम्पति हडप्न खोज्नेहरुका कारण दुख पाउनु परिरहेको छ ।”
अन्नपूर्ण केवलकार प्रालिका अध्यक्ष एवंम मुख्य लगानीकर्ता व्यवसायी कालु गुरुड. हुन् । राजनीतिक र आर्थिक शक्तिका आडमा स्थानियको सहमति विनै केवलकार सञ्चालनको तयारी गरेका गुरुड. र अन्य सञ्चालकले पावरको दम्भ देखाउदै पटक पटक भनिरहेका छन् “अन्नपूर्ण केवलकार यही दशैँमा कुदाँउने हो ।” स्थानियलाई मुख सदाकालागि बन्द गरिदिने धम्की दिई रहेका सञ्चालकहरु छल, कपटी र जाली काम गर्न पनि खप्पिस छन् । यसका सञ्चालकले कुनैपनि परियोजना सुरु गर्नु पुर्व आवश्यक पर्ने प्रकृया पनि ढाटी छली गरेका छन् । साधसधियारको सहमति, जग्गाको मुआब्जा लगाएतका पक्षसँगै अन्य वातावरणिय पक्षहरुको इआइए रिपोर्ट पनि छलेर, झुक्याएर बनाएको र त्यही आधारमा सम्बन्धित कार्यालयले केवलकार सञ्चालनको अनुमति दिएको हाम्रो गोप्य स्रोतले जनाएको छ । कालु गुरुड. तिनै व्यक्ति हुन्न् जो गैरकानुनी तरिकाले व्यवसायिक खेतीकालागि सेटिड. मिलाउनु बायाँ हातको खेल ठान्छन् । उनले कानुन हातमा लिदै गरेका कामको फेहरित लामै छ । कालु गुरुड.ले कानुुनलाई हातमा लिदै गरेको सेटिड.को गतिलो उदाहरण यही केवलकारलाई लिन सकिन्छ ।
पिडित पक्षले आफ्ना जग्गा माथि केवलकारको प्रशासण लाइन अर्थात रुट तयार गर्दै मुआब्जा नदिएको र उल्टै मुख बन्द गर्ने धम्की दिएको आरोप लगाई रहदाँ अन्नपूर्ण केवलकारका सञ्चालक एवंम लगानीकर्ताहरुले भने अनावश्यक हल्लामात्र फिँजाइएको भन्दै पन्छिन खोजी रहेका छन् । घुमाउरो भाषामा स्थानियलाई धम्की दिईरहेका केवलकारका मुख्य लगानीकर्ता गुरुड.ले आफुहरु स्थानियसँग निरन्तर छलफलमा रहेको बताउछन् । यद्यपी गुरुड.को यो भनाईमा कुनै सत्यता पाईएको छैन । केबलकारमा कालु गुरुङ सहितका अन्य नेपाली व्यवशायीको ७५ प्रतिशत लगानी छ । यो केवलकार सञ्चालनकालागी २४ रोपनी सरकारी जग्गा परेको छ जसको ४० वर्षसम्म लिजमा उपभोगकालागी सरकारले स्विकृति दिईसकेको छ । यस वापत सरकारलाई राजश्व तिर्नु पर्ने हुन्छ । सरकारलाई राजश्व तिर्न तयार भएका अन्तपूर्ण केवलकार प्रालिका अध्यक्ष कालु गुरुड. व्यक्तिका निजी जग्गा भने त्यसै हडप्ने दाउ कसेर बसेका छन् । डेढ वर्षदेखि निर्माणाधीन अन्नपूर्ण केवलकारको रुटले पोखराको सेदीदेखि सराङकोट जोड्ने छ । यसको जम्मा लम्बाई साढे २ किलोमिटर रहेको छ ।