घोडामा चढेर मोटरबाटो अनुगमण

काठमाडौँ । घोडामा चढेर मोटरबाटोको अनुगमण गरेको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित साल्दाङ (निजाल) देखि वडा नम्वर ३ को भिजेरसम्म प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपाने तथा जनप्रतिनिधिहरु घोडा चढेर पुगेका हुन् ।

सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पाको उच्च भागमा स्थानीय सरकार गठनपछि ५ करोड २७ लाखमा यो सडक निर्माण कार्य जारी रहेको छ । रासस