स्रोत नखुलेको १० लाख नगद सहित दुई जना पक्राउ

काठमाडौँ । स्रोत नखुलेको नगद सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका–१२ मधुवनीगाउँबाट स्रोत नखुलेको नगद १० लाख ३३ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने ४६ वर्षीय तारा निधि पन्थ र काभ्रे पाँचखाल नगरपालिका–१३ बस्ने ३४ वर्षीय श्रवण त्रिपाठी रहेका छन् ।

उनीहरूलाई ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले मधुवनी बजारबाट भारततर्फ पदैल जाँदै गरेको बेला जाँच गर्ने क्रममा पन्थको साथबाट श्रोत नखुलेको २ लाख १० हजार रुपैयाँ र त्रिपाठीको साथबाट ८ लाख २३ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।