गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

कपिलवस्तु,साउन । कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ ।

सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति आगजनी भएको हो ।

नचिनेका मान्छेको समूहले शनिबार राति आगजनी गरेको गाडी विप्लव समुहले आगजनी गरेको प्रहरीको परम्भीक अनुमान रहेको कपिलबस्तुमा प्रहरी प्रमुख एस.पी.दीप सम्मेर राणाले बताए ।

विप्लव समूहले केहि समय अगाडि कपिलबस्तुमा विज्ञप्ति निकालेर गाउँपालिकामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । आगजनी किन र कसले गरे भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताए ।