आरक्षण बचाऔँ आन्दोलनकारी र प्रहरीबीच झडप, एक दर्जन बढी पक्राउ

काठमाडौं,साउन । लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्यालिसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले १४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । जसमा १३ जना पुरुष र १ जना महिला रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो । हाल उक्त विज्ञापनअनुसार परीक्षा भइरहेको छ ।