सोनाम ल्होछार पर्व भव्यतापूर्वक मनाए

काठमाडौँ । तामाङ समुदायले आइतवार देशभर सोनाम ल्होछार पर्व भव्यतापूर्वक मनाएका छन्। ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको छ।

तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होसार पर्वको अवसरमा सांस्कृतिक, धार्मिक नाचगान र झाँकी प्रदर्शन गरेका छन्।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको अवसरमा तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम गरेर ल्होछार मनाएका हुन्।

आजदेखि बाघ वर्ष पूरा गरी बिरालो वर्षमा प्रवेश गरेको छ। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ।

ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुभएको छ। तामाङ समुदायले टुँडिखेलमा तीन दिनसम्म ल्होछार महोत्सव मनाएको छ।